राजनीति News

महिला मन्त्री छान्न माओवादी केन्द्रमा सकस

महिला मन्त्री छान्न माओवादी केन्द्रमा सकस

साउन २७ । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आफ्नो भागमा परेका मन्त्रालयका लागि आज मन्त्रीको टुंगो लगाउने भएको छ । आज बिहान बस्ने केन्द्रीय कार्यालयको बैठकले पाँच मन्त्रीको टुंगो लगाउन लागेको स्रोतले जनाएको छ ।

प्रवक्ता पम्फा भुसालले बैठकबारे अनभिज्ञता जनाए पनि एक नेताले बिहान ८ बजे बैठक बोलाइएको पुष्टि गरे । मंगलबार बसेको बैठकमा मन्त्री छनोट समावेशी हुनुपर्ने माग उठेपछि अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई त्यसको टुंगो लगाउने जिम्मेवारी दिइएको थियो । दाहालले आजको बैठकमा मन्त्रीको सूची पेस गर्ने स्रोतले जनाएको छ । मंगलबारको बैठकमा जनार्दन शर्मा, प्रभु साह, डीआर पौडेल, हितराज पाण्डे र राम कार्कीलाई मन्त्री बनाउनका लागि निर्णय गर्ने तयारी थियो । मन्त्रिमण्डल समावेशी नहुने भन्दै असन्तुष्टि जनाइएपछि बैठकले निर्णय गर्न सकेको थिएन ।

दाहालले उक्त सूचीमा महिला समावेश गरी नयाँ प्रस्ताव पेस गर्ने स्रोतको दाबी छ । मन्त्रिपरिषद्लाई समावेशी बनाउन महिला समेट्नै पर्ने र अघिल्लो सरकारमा मन्त्री बनेकालाई नदोहो¥याउने नीतिका कारण दाहाललाई समस्या परेको स्रोतले जनाएको छ । रेखा शर्मालाई सरकारमा दोहार्¥याउन नीति बाधक बनेपछि दाहाल ‘उपयुक्त पात्र’को खोजीमा रहेको उनीनिकट स्रोत बताउँछन् । कारोबार दैनिक

Prachanda

विशेष