अपराध सुरक्षा News

खड्काको अर्काे बदमासी, ‘करोडौं लेनदेन’मा तीन सय ट्यांकर खरिद अनुमति

खड्काको अर्काे बदमासी, ‘करोडौं लेनदेन’मा तीन सय ट्यांकर खरिद अनुमति

Gopal-Khadka

साउन २७ कानुनी प्रक्रिया मिच्दै मोटो रकम चलखेलमा नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर खरिद अनुमति दिएका छन् ।यसअघि पनि पटक पटक विवादित निर्णय गरेका खड्काले पछिल्लोपटक निगम सञ्चालक समितिलाई जानकारी नै नदिई चोरबाटोबाट सेटिङ मिलाएर करिब ३ सय ट्यांकर खरिदको अनुमति दिएका हुन् ।

इन्डियन आयल कर्पोरसन आईओसीबाट डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन ढुवानी गर्ने ट्यांकर खरिद अनुमतिमा करिब ३ करोड रुपैयाँ घोटाला भएको निगम स्रोतले जनायो ।अहिलेसम्म करिब १५ सय ट्यांकरले पेट्रोलियन ढुवानी गर्दै आएकोमा अपुग भएकाले थप ट्यांकरलाई अनुमति दिइएको निगमको दाबी छ ।

Gopal Khadaka Oil Nigam

विशेष