यसरी बन्छ कोकोकोला फिगर
एक चम्चा जैतुनको तेल र अलिकती एभोकाडो हालेर दिनहुँ खाने गरेमा एक महिनामै कम्मर एक तिहाई घटेको पाईएको छ । डिप्रेसन भएका अथवा हुने लक्षण देखिएमा महिलाको कम्मरमा बोसो बढी लाग्ने गरेको पाईएको छ । त्यही भएर प्रसन्नचित्त भएर समेत कम्मरलाई छरितो बनाउन सकिन्छ ।
नियमित व्यायाम गर्नाले शरीरको बोसो अन्य उर्जामा रुपान्तरित हुन्छ । यसो गर्दा कम्मरमा रहेको बोसो नष्ट हुन्छ र कम्मरलाई छरितो हुन्छ । जंक फुड नखाने । चिप्सलगायत फास्टफुडमा कार्बोहाईड्रेट र कोक फ्यान्टा जस्ता पेय पदार्थमा चिनी बढी हुन्छ । यिनलाई खानाले शरिरमा चिनी र ईन्सुलिनको मात्रा ह्वात्तै बढ्न पुग्छ । ईन्सुलिन बढेमा शरिरको मध्यभागमा बोसो जम्मा हुन्छ । त्यही भएर कम्मर छरितो बनाउन जंक फुड नखाई हरियो तरकारी र सलादमा जोड दिनु पर्छ ।
म्याग्नेसियमयुक्त खाना बढी खानुपर्छ । दिनमा दुई पटक हयिो सागसब्जी केरा र भटमासको परिकार खाने गर्नुपर्छ ।मदिरा बढी सेवन गर्ने महिलाको शरीरमा बोसो बढी जम्मा हुने भएकाले कम्मरलाई छरितो पार्न मदिरा नखाने वा कम खाने गर्नुपर्छ । पसिना निकाल्ने गरि काम अथवा व्यायाम गरेमा शरीरमा इसुलिन, ट्राइग्लाइसेराइड्स, कार्टिसोल लगाउतको मात्रा घट्न पुग्छ । साथै शरीरमा रहेको क्यालोरी पनि कढी खर्च हुन्छ । पसिना निकाल्ने सवै भन्दा उत्तम उपाय भनेको जगिङ हो । तसर्थ, हरेक बिहान जगिङ गरेरसमेत कम्मरलाई छरितो बनाउन सकिन्छ ।
Cocacola figure