लोडसेडिङ घट्यो तालिका सहित

साउन २७ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ । आजबाट लागूहुने गरी विद्युत प्राधिकरणले प्रकाशन गरेको तालिका अनुसार अब हप्तामा साढे ४८ घण्टा लोडसेडिङ हुने छ । यसअघि हप्तामा ६३ घण्टा लोडसेडिङ हुँदै आएको थियो । नयाँ तालिका अनुसार एक दिन ६ घण्टा, एक दिन ७ घण्टा , तीन दिन साढे ६ घण्टा, दुई दिन आठ घण्टा लोडसेडिङ हुने छ ।