ताजा खबर News

फेवातालमा बेपत्ता दुई युवाको शव भेटियो

फेवातालमा बेपत्ता दुई युवाको शव भेटियो

Fewa साउन २७ । फेवातालमा गत सोमबार बेपत्ता काठमाडौंका दुई युवाको शव बिहिबार भेटिएको छ । प्रहरीको उद्धार टोलीले काठमाडौं चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र बसुन्धराका २३ वर्षीय एलिन केसीको शव भेट्टाएको हो । दुवैजनाको शव हलनचोक घाटनेर भेटिएको वडा प्रहरी कार्यालय बैदामका निरीक्षक मोहनमणी अधिकारीले बताउनुभयो । लाइफ ज्याकेट नलगाई डुंगा चढेर शयर गर्ने क्रममा डुंगा डुब्दा उनीहरु बेपत्ता भएका थिए । दुवैको शवलाई पोखरा क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ ।

Fewa Lake

विशेष