देश News

भोलि उल्का वर्षा हुने सम्भावना

भोलि  उल्का वर्षा हुने सम्भावना

Naso

साउन २७ । नेपालमा शुक्रबार धेरै उल्कावर्षा हुने अनुमान गरिएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार साउन २ गतेदेखि सक्रिय भएको उल्कावर्षा शुक्रबार धेरै हुने सम्भावना छ । यी उल्कावर्षाको गति प्रति सेकेण्ड ६० किलोमिटरसम्म हुने सोसाइटीका अध्यक्ष एंव खगोलविद् सुरेश भट्टराईले जानकारी दिए । पृथ्वीको झण्डै ७० किलोमिटरमाथि वायुमण्डलमा घर्षण पैदा भएपछि उल्का वर्षा हुने बताए ।

पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्नेक्रममा खसेका टुक्रा पृथ्वीको वायुमण्डलमा तीब्र गतिमा ठोक्किँदा देखिने उज्यालो नै उल्का वर्षा हो । पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्न १३३ वर्ष लगाउँछ र यो क्रममा सूर्यको नजिक पुग्दा तापले पुछताराको पुच्छर टुक्रदै खस्ने गर्छ । जब पृथ्वीले सूर्यको परिक्रममा गर्दा पुच्छ्रेताराको कक्ष नजिक पुग्छ, तब ती टुक्रा पृथ्वीको वायुमण्डलमा ठोक्किने गर्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा तारा खसेको पनि भन्ने गरिन्छ ।

Naso Ulka basrsha

विशेष