ताजा खबर News

सुबिना श्रेष्ठ एमी अवार्डको मनोनयनमा

सुबिना श्रेष्ठ एमी अवार्डको मनोनयनमा

subina साउन २७ । अल जजिरा टेलिभिजनकी नेपाल संवाददाता सुबिना श्रेष्ठ  ‘इन्टरनेसनल एमी अवार्डस् २०१६’ को मनोनयनमा परेकी छन् । उनी बेलायत, रुस र ब्राजिलका सञ्चारकर्मीसँगै समाचार खण्डको मनोनयनमा छानिएका हुन् । सेप्टेम्बर २१ मा विजयीको न्युयोर्कमा घोषणा गरिने छ ।

अवार्ड कमिटीले जारी गरेको विज्ञप्तीमा उनलाई गत वर्ष वैशाख १२ को विनाशकारी भूकम्पलगत्तै प्रत्यक्ष प्रसारणमा ओर्लेको, त्यसपछि निरन्तर प्रत्यक्ष प्रसारण र त्यसपछिको उद्धार, राहत तथा पुनर्निर्माणका समाचारहरू सम्प्रेषण गरेका कारण छनोट गरिएको जनाइएको छ । यो पुरस्कार ६० देशका पाँच सयभन्दा बढी कम्पनी मिलेर गठित इन्टरनेसनल एकेडेमी अफ टेलिभिजन आर्ट एन्ड साइन्सेजले हरेक वर्ष प्रदान गर्छ ।

Ami Award award

विशेष