विदेश

अश्रुग्यास हानेर एक व्यक्तिलाई रुखबाट झारियो

अश्रुग्यास हानेर एक व्यक्तिलाई रुखबाट झारियो

asru gasसाउन - २७ । अमेरिका राज्य कोलोराडोमा एक व्यक्तिले श्रीमतीलाई कुटपिट गरेको भन्दै प्रहरीकोमा उजुरी पर्यो । उनलाई पक्राउ गर्न प्रहरी जाँदा लेन मेलुफ नाम गरेको ती व्यक्ति कुद्दै एउटा रुखको टुप्पामा चढे । उनलाई तल झार्न प्रहरीले अनेक प्रयास गरे,तर सकेनन् ।

‘पाँच घण्टासम्म ती व्यक्ति रुखमै बसिराखे । उनलाई तल झार्ने प्रहरीको प्रयास सफल भएन् । अन्त्यमा अश्रुग्यास हानेर र पानीको फोहोरा छयापेर पाँच घण्टा पछाडि उनलाइ रुखबाट झारियो र पक्राउ गरियो,’ ती व्यक्तिले हतियार बोकेका छन्- छैनन् भन्नेमा प्रहरी बेखबर थियो । ‘हतियार बोकेका रहेछन भने जथाभावी गौली चलाउछन र अप्रिय घटना घट्ला भनेर छेउछाउको घरबाट मानिसलाई निकालिएकोे थियो ।तर,वरिपरिका मानिस डराएका थिएनन् । उल्टै उनीहरु प्रहरी र रुखमा चढेका लेनको लुकामारी रमाइलोे मान्दै हेरिरहेका थिए,’ ।

America asru gas

विशेष