ताजा खबर News

दुई उप–प्रधानमन्त्रीलाई भारत र चीन पठाउने सरकारकाे निर्णय

दुई उप–प्रधानमन्त्रीलाई भारत र चीन पठाउने सरकारकाे निर्णय
Pmo-Officeसाउन २७ । सरकारले सम्बन्ध थप सुमधुर बनाउन दुई जना उप–प्रधानमन्त्रीलाई छिमेकी मुलुक भारत र चीनको भ्रमणमा पठाउने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बिहिबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको बिशेष दुतको रुपमा उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र नीधिलाई भारत र उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको भौतिक पुर्वधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकले जानकारी दिएका छन् । त्यस्तै सरकारले कालोबजारी, मंहगी नियन्त्रणका लागी विशेष पहल गर्न गृह र आपुर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले कालोबजारी ठगी, मिसावट जस्ता अपराधमा कसुरको मात्रा बढाएर कानुनको मस्यौदा बनाउन कानुन मन्त्रालयलाई निर्देशन दिएको छ ।

Nepal Government pmo nepal

विशेष