विदेश

३२ जना आइएस लडाकू मारिए

३२ जना आइएस लडाकू मारिए
isis
साउन - २७ । अफगानिस्तानको पूर्वी नान्गहार प्रान्तको आचे जिल्लामा भएको कारबाहीका क्रममा कम्तीमा  ३२ जना आइएसका लडाकू मारिएको समाचार छ । 
सो कारबाहीका क्रममा ३२ जना लडाकू मारिनुका साथै अन्य दुई दर्जन लडाकू घाइते भएका बताइएको छ । गएको २४ घन्टाभित्र त्यहाँको सेना र प्रहरीले गरेको कारबाहीका क्रममा ती लडाकू मारिएका समाचारमा जनाइएको छ । 
ती आइएस लडाकू बिभिन्न जिल्लाबाट जम्मा भएको सूचनाको आधारमा गरिएको कारबाहीमा मारिएका अफगानिस्तानको गृहमन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । 
सो विज्ञप्तिमा आइएसको चलखेल पछिल्लो समयमा विभिन्न स्थानबाट भएको खबरका आधारमा आचे जिल्लामा नियमित कारबाही सुरु गरेको बताएको छ । रासस÷सिन्ह्वा 

is mareye

विशेष