News

बस दुर्घटनामा ७ घाइते

बस दुर्घटनामा ७ घाइते
? साउन - २७ । दशरथचन्द राजमार्गअन्तर्गत बैतडी डडेल्धुराको सीमा नजिक आज मध्याह्न बस दुर्घटना हुँदा गर्भवती महिलासहित सात जना घाइते भएका छन् । घाइते हुनेमा बैतडी शिवलिङ्ग–३ की २२ वर्षीया नन्दादेवी बोहरा, बैतडी पुरचौडीका २६ वर्षीय वीरेन्द्र साउद र ३८ वर्षीय जनक साउद रहेका छन् । बझाङ स्याडी–१ की २८ वर्षीया लक्ष्मी खड्का, बझाङ स्याडी–१ का २६ वर्षीय नरेश खड्का, बझाङ स्याडी– ४ का २६ वर्षीय कृत बोहरा र बझाङ दौलीचौरका–७ का लोकेन्द्रबहादुर बोहरा पनि घाइते भएका छन् । घाइतेमध्ये बझाङ स्याडी–१ की लक्ष्मी खड्काको अवस्था गम्भीर रहेको घटनास्थलबाट प्रहरी जवान गणेश विष्टले जानकारी दिए । लक्ष्मी गर्भवती समेत रहेको र उनको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार हुन नसक्दा कैलाली पठाइएको प्रहरी बताएको छ । अन्य घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरा उपचार भइरहेको छ । धनगढीबाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको ना ४ ख ६४८६ नम्बरको बस मध्याह्न १२ः३० बजे बैतडी डडेल्धुराको सीमा नजिक भालुमारेमा दुर्घटनामा परेको हो । अर्को गाडीलाई बाटो छाड्दा चिप्लेर बस दुर्घटनामा परेको बताइएको छ । रासस

Bus accident

विशेष