News
कालाेबजारीलाई कडा कारबाही गर्ने आपूर्तिमन्त्रीकाे प्रतिबद्धता
बिहिबार, २७ साउन २०७३ गते प्रकाशित

साउन - २७ । नवनियुक्त आपूर्तिमन्त्री दीपक बोहराले कालाबजारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पदबहालीपछि बिहिबार मन्त्रालयका कर्मचारीलाई निर्देशन दिने क्रममा उनले बजार अनियन्त्रित भएकै कारण जनता महँगीको मारमा परेको बताए। मन्त्री बोहराले जनताको दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने कार्यलाई विशेष ध्यान दिन आग्रह गरे । -रासस
Dipak Bohora