News

प्रेस सेन्टरको अध्यक्षमा पत्रकार ज्ञवाली

प्रेस सेन्टरको अध्यक्षमा पत्रकार ज्ञवाली

साउन – २७ । प्रेस सेन्टर नेपाल चितावनको अध्यक्षमा पत्रकार प्रकाश ज्ञवाली सहित १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

भरतपुरमा बिहीबार बसेको एकता भेलाले ज्ञवालीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति चुनेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सूर्य पाठक तथा अन्य उपाध्यक्षमा सुमन गैर र प्रविण बराल सर्वसम्मत चयन भएका छन् । त्यस्तै सचिवमा राजेन्द्र आचार्य, कोषाध्यक्षमा सन्तोष देवकोटा र सहसचिवमा अपेक्षा चौधरी चयन भएका छन् । स

मितिका सदस्यहरुमा सुजिता हमाल, उर्गेन तामाङ, अनिल भट्टराई, रवि अधिकारी, नविन मरहठ्ठा, सुरेन कुँवर, दानबहादुर गुरुङ, ज्योती अधिकारी र गगन केसी चयन भएका छन् । सल्लाहकारमा सुरेशचन्द्र अधिकारी, चिन्तामणि पौडेल, अनन्तप्रकाश सुवेदी, शान्ता अधिकारी, वीरबहादुर सिंजाली र गोपाल परियार परेका छन् ।

Chitawan chituwa Press Center

विशेष