News

दोहोरो सुविधा लिँदै आएका नगर प्रहरीलाई बर्खास्त

दोहोरो सुविधा लिँदै आएका नगर प्रहरीलाई बर्खास्त
ktm mngr साउन - २७ । काठमाडाैँ महानगर पालिकाले दोहोरो सुविधा लिँदै आएका ४८ नगर प्रहरीलाई हटाएको छ । गत माघ ८ गतेको मन्त्रिपरिषद् बैठकले दोहोरो सुविधा लिन नपाउने निर्णय गरेको तथा दोहोरो सुविधा लिनु महानगरको विनियमविपरीत रहेकाले उनीहरुलाई हटाउनु परेको कामपाका प्रशासन प्रमुख हरि कुँवरले जानकारी दिए । काठमाडाैँ महानगर पालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार २०६१ सालमा नेपाली सेना र नेपाल प्रहरीबाट अवकाश प्राप्त ६० जनालाई नगर प्रहरीमा करारमा नियुक्त गरिए पनि हाल ४८ जनाले नियमित काम गर्दै आएका थिए । दोहोरो सुविधा पाउनुपर्ने भन्दै उनीहरुले महानगर परिसरमा एक हप्ता धर्ना बसेपनि बुधबार सामूहिक राजिनामा दिएका हुन् । हाल कामपामा करार र स्थायी गरी १६० नगर प्रहरी कार्यरत छन् । रासस

ktm mahanagar

विशेष