News

जापानसँग पूर्वाधार विकासमा थप सहयोगको अपेक्षा

जापानसँग पूर्वाधार विकासमा थप सहयोगको अपेक्षा
Japan Nepal साउन – २७ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग भेट गरेका छन् । दौत्य सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सव मनाइरहेका अवसरमा मन्त्री लेखकले राजदूत ओगावासँग भेट गरेका हुन् । सन् १९५६ देखिको दौत्य सम्बन्धले ६० वर्ष पूरा गरेको हो । भेटका आवसरमा नेपालले जापानसँग पूर्वाधार विकासमा थप सहयोगको अपेक्षा गरेको बताइएको छ । सो अवसरमा संविधानप्रतिको सर्वस्वीकार्यता र यसको सफल कार्यान्वयन, भूकम्पद्वारा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा पुनःस्थापना, सङ्क्रमणकालीन व्यवस्थापन, सुशासन, स्थायित्व र विकासलाई राष्ट्रिय प्राथमिकता दिने काम अगाडि बढाइएकाले थप सहयोगको अपेक्षा गरिएको हो । भेटका अवसरमा राजदूत ओगावाले वर्षमा थप सहयोगका क्षेत्रमा लगानी गरिने प्रतिबद्धता जनाए । उनले यसअघि जापान सरकारको सहयोगमा सञ्चालित आयोजना र आगामी दिनमा गरिने सहयोगका विषयमा मन्त्री लेखकलाई जानकारी गराएका थिए ।

Japan Nepal

विशेष