News
'सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ' - सभामुख घर्ती
बिहिबार, २७ साउन २०७३ गते प्रकाशित

साउन - २७ । सभामुख ओनसरी घर्तीले संविधानको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताएकी छन् ।
आदिवासी जनजाति पत्रकार महाङ्सघ रोल्पाको १७ औँ स्थापना दिवसका अवसरमा बिहिबार रोल्पाको लिवाङमा आयोजित शुमकामना आदानप्रदान कार्यक्रममा उनले आफू कुनै राजनीतिक दल र क्षेत्रको भन्दापनि सिङ्गो नेपाल र नेपाली जनताको विकास निर्माणको कार्यभार लिएर अगाडि बढेको बताइन । संविधानमा छुटेका विषयलाई संशोधन गरेर लैजान सकिने उनको भनाइ छ । रासस
onsari gharti magar