विदेश

रेल मजदुरकाे हडतालले लन्डन अस्तव्यस्त

रेल मजदुरकाे हडतालले लन्डन अस्तव्यस्त
tube-strike-getty-1024x640 साउन - २७ । बेलायतको दक्षिणपूर्वी भूभाग तथा लन्डनबाट बाहिर जाने रेल सेवा बन्द भएको छ । त्यहाँ मजदुरले सोमबारदेखि घोषण गरेको पाँच दिन लामो हडतालले बेलायतको राजधानी सहर लन्डन अस्तव्यस्त बन्न पुगेको छ । बेलायतमा रेल सेवामा सन् १९६८ यताको यो सबैभन्दा लामो हडताल हो । रेल कम्पनीले ल्याएको स्विचद्वारा ढोका खोल्ने र बन्द गर्ने व्यवस्थाका कारण मजदुरको जागिर गुम्ने भएपछि त्यसको विरोधमा हडताल भएको अन्तर्राष्ट्रिय मिडियाहरुले बताएका छन् । सो योजना दक्षिणी रेल यातायात कम्पनी गोभिया थेम्सलिङ रेलमार्ग सेवाले ल्याएको थियो । उक्त योजनाले यात्रुको सुविधामा समेत असर पर्ने बताउँदै त्यसको विरोधमा आफूहरूले आन्दोलन सुरु गरेको मजदुर संगठनले जनाएको छ । सरकारले मजदुरहरूलाई वार्तामा बोलाएकाले बिहीबार र शुक्रबारको हडताल भने स्थगित गरिएको हडतालकर्ता संगठनले जनाएको छ ।

London Strike

विशेष