खेल ताजा खबर News

रियो ओलम्पिकमा अहिले सम्म ५६ देशलाई पदक, कसले कति जिते

रियो ओलम्पिकमा अहिले सम्म ५६ देशलाई पदक, कसले कति जिते

 साउन २८। ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा अमेरिका पदक तालिकाको शीर्ष स्थानमा कायम छ । अमेरिकाले अहिलेसम्म १३ स्वर्ण, १२ रजत र १० कास्य गरी ३५ पदक जितेको छ । कुल २६ पदक जितेको चीन दोस्रो स्थानमा छ । चीनले अहिलेसम्म १० स्वर्ण, ७ रजत र ९ कास्य गरी २६ पदक जितेको छ ।

६ स्वर्ण, एक रजत र १२ कास्य गरी १९ पदक जितेको जापान तेस्रो तथा पाँच स्वर्ण, तीन रजत र ६ कास्य गरी १४ पदक जितेको अस्ट्रेलिया चौथो स्थानमा छ । पाँचौं स्थानको दक्षिण कोरियाले पाँच स्वर्ण, दुई रजत र चार कास्य गरी ११ तथा छैटौं स्थानको हंगेरीले पाँच स्वर्ण, एक रजत र एक कास्य गरी ७ पदक जितेको छ । चार स्वर्ण, सात रजत र ६ कास्य गरी १७ पदक जितेको रुस सातौं तथा चार स्वर्ण, ६ रजत र ६ कास्य गरी १६ पदक जितेको बेलायत आठौं स्थानमा छ ।

नवौं स्थानको जर्मनीले चार स्वर्ण, तीन रजत र एक कास्य गरी ८ तथा दशौं स्थानको इटालीले तीन स्वर्ण, ६ रजत र तीन कास्य गरी १२ पदक जितेको छ । फ्रान्सले अहिलेसम्म दुई स्वर्ण, चार रजत र पाँच कास्य गरी ११, काजकस्तानले दुई स्वर्ण, दुई रजत र तीन कास्य गरी सात, थाइल्याण्डले दुई स्वर्ण, एक रजत र एक कास्य गरी चार, स्पेनले दुई स्वर्ण र एक कास्य गरी तीन, स्वीट्जरल्याण्डले दुई स्वर्ण र एक कास्य गरी तीन तथा क्रोएसियाले दुई स्वर्ण पदक जितेको छ ।

न्युजिल्याण्ड, नेदरल्याण्डस्, स्वीडेन, बेल्जियम, ब्राजिल, स्लोभेनिया, कोलम्बिया, स्लोभाकिया, भिएतनाम, चाइनिज ताइपेइ, पोल्याण्ड, चेक गणतन्त्र, ग्रिस, अर्जे्न्टिना, फिजी, कोसोभो, रोमानिया तथा स्वतन्त्र ओलम्पिक एथ्लेट्सले पनि एक एक स्वर्ण जितेका छन् । अहिलेसम्म ५६ देशले पदक जितेका छन् ।

Rio Olampics

विशेष