अपराध सुरक्षा News

प्रहरी जवान र सैनिक हवल्दारको महानिरिक्षक उपेन्द्र कान्त अर्यालको कार्यकक्षमा रमिता

प्रहरी जवान र सैनिक हवल्दारको महानिरिक्षक उपेन्द्र कान्त अर्यालको कार्यकक्षमा रमिता

Police

साउन २८ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको सरकारी निवासको उत्तर भागमा बर्दीमा रहेका प्रहरी जवान र बिनाबर्दीका एक युवकबीच भनाभन चल्दै थियो । बिनाबर्दीका युवकलाई उकेरा लाउँदै थिइन् एक युवती एकैछिनमा दुई पक्षबीचको विवाद चर्काचर्की हुँदै हात हालहालमा परिणत भयो । बर्दीधारीमाथि बिनाबर्दीका युवकले हेल्मेट प्रहार गरे । हत्तपत्त प्रहरी प्रधान कार्यालयको सुरक्षामा खटिएका प्रहरी दौडँदै गए र पोसाकधारी प्रहरीको बचाउ गरे । प्रहार गर्ने युवतीलाई नियन्त्रणमा लिए । साढे तीन बजेको घटना हो यो नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयको मूल गेटनजिक महानगरीय प्रहरीअन्तर्गतको क्वीक रेसपोन्स भ्यान सिआरभीको सेतो जिप रोकिएको छ । एक हुल प्रहरी यताउता गरिरहेका छन् ।

‘यसले बर्दीको प्रहरी कुट्ने ? यसलाई भित्र हाल,’ प्रहरीकै भीडमा सादा पोसाकधारीले ‘जिब्रोको गरिमा प्रकट गरिहाले । कालो टिसर्ट र ट्राउजर लगाएका, हातमा हेल्मेट बोकेका र कपाल मसिनो काटेका ती हट्टाकटट्टा युवकलाई दुई प्रहरीले समातेका थिए । उनलाई पछ्याउँदै थिइन् युवती ।’ प्रहरीको विशेष कार्यदलको पोसा लगाएका कुटिने प्रहरी पनि सिआरभीमै बसाइए । १५ मिनेटजति प्रहरीका विभिन्न युनिटमा जानकारी दिने काम भयो । प्रहरी प्रधान कार्यलयमा आएका पाहुना त्यसै रनभुल्लमा परे । धेरै प्रहरी मुख्यालयमा रहेको त्यो रमिता हेरेर मनोरञ्जन लिइरहेको थिए । नेपाल प्रहरीको कुल ७२ हहजार ७ सय १९ जना जनशक्तिको परिचालन केन्द्र प्रहरी प्रधामन कार्यालयको मुख्य प्रवेशद्वारमा बिहीबार दिउँसोको यो घटनामा प्रहरीले घेरेर भ्यानमा बसाएका युवक नेपाली सेनाको छाउनी ब्यारेकमा तालिम लिइरहेका दोलखाका सैनिक हवल्दार जनकबहादुर तामाङ रहेछन् । अनुसन्धानको त्रममा आपसी लेनदेनकको विषयलाई लिएर नभई युवतीको विषयलाई लिएर यस्तो घटना भएको खुल्न आएको छ । प्रहरी स्रोतका अनुसार तामाङ र कुटाई खाने प्रहरी जवान जगन्नाथ साहु दुवैसँग निकट सम्बन्ध बनाएकी तिनै युवतीबारे बिहीबार दुई सुरक्षा निकायका जवान एकआपसमा भीडेका थिए नागरिक दैनिक

Nepal Army Nepal Police

विशेष