राजनीति News

केपी ओलीका प्रवत्ता कमल थापा !

केपी ओलीका प्रवत्ता कमल थापा !

kp-oli-kamal-thapa

साउन २८ । संविधानले प्रदत्त गरेको गणतन्त्र, संघीयता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व विरुद्ध आन्दोलन गर्दै आएका कमल थापा केपी ओलीसँगको साथ वा सहयोग के ले हो आजकल उनकै प्रवक्ता जसरी प्रस्तुत हुन थालेका छन् । नेकपा(एमाले)को प्रवक्ताको जिम्मेवारीमा छन योगेश भट्टराई ।

तर कमल थापा योगेशको काम नै खोस्ने जसरी प्रस्तुत हुन थालेका छन् । राजतन्त्र जोगाउन कम्मर कसेर लाग्दा समेत आन्दोलनको बलमा थापा विस्थापित भए । बहुदल तिनले नै खाए, पञ्चायत तिनकै पेवा भयो, आज गणतन्त्र आउँदा समेत उनै थापाको चर्को चल्ने गरेको छ । आन्दोलनले विस्थापन गरेका थापा यतिखेर गणतन्त्रमा समेत आफ्नै तालमा ओलीको प्रचार गर्न लागेका छन् ।

परराष्ट्र र स्थानीय विकास मन्त्रालयसहित उपप्रधानमन्त्री समेत पड्काएका थापा यतिखेर ओली मात्रै राष्ट्रवादी अरु सबै अराष्ट्रिय भनेजसरी पञ्चायती मन्त्र झिेकर प्रचार गराउन लागेका छन् । पञ्चायतकालमा आफूलाई मन नपर्नेलाई अराष्ट्रिय तत्व भनेर कारवाही गर्ने, जेल हाल्ने र बेपत्ता नै बनाउने गरिन्थ्यो । सोही भोगेका र गरेका थापा यतिखेर माओवादीलाई अराष्ट्रिय बनाउन कम्मर कसेर लागेका छन् । जनआव्हान साप्ताहिक

KP Oli PM Kp oli

विशेष