विदेश News

महिला सैनिकको आपत्तिजनक फोटाे सार्वजनिक भएपछि...

महिला सैनिकको आपत्तिजनक फोटाे सार्वजनिक भएपछि...

साउन २८ । इजरायल डिफेन्स फोर्समा कार्यरत महिला सैनिकहरुको विभिन्न रोचक तस्बिरहरु सार्वजनिक भएपछि उक्त तस्बिरहरु भाइरल भएको थियो । इजरायलमा सन् २००५ मा २४७ जना रहेको महिला सैनिकको संख्या २०१५ मा २ हजार ४७ जना पुगेको थियो । इजरायमा महिला महिलाहरुका लागि समेत सैनिक सेवामा प्रवेश अनिवार्य मानिन्छ ।

धेरै संख्यामा महिला सैनिकहरु भर्ना भएपछि उनीहरुको आपत्तिजनक तस्बिरका कारण २०१३ मा विवाद समेत भएको थियो । विवादित तस्बिर सार्वजनिक हुने बेला उनीहरु दक्षिण इजरायलमा कार्यरत थिए ।

इजरायलमा सन् १९४८ देखि नै महिलाहरुका लागि सैनिक सेवामा जान खुला गरिएको थियो । महिला सैनिकले इजरायलमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । उनीहरु सैनिक सेवाको माथिल्लो पदसम्म पनि पुगेका छन् ।

सैनिक सेवामा कार्यरत महिलाहरुलाई धर्म, विवाह, बच्चा जन्माउने अधिकार जस्ता कार्यहरुमा छुट दिइन्छ । उनीहरुले ३८ वर्षसम्म सैनिक सेवामा काम गर्न पाउँछन ।

 

Woman Army

विशेष