ताजा खबर विदेश News

भारतिय जनता पार्टीका बरिष्ठ नेताको हत्या प्रयास

भारतिय जनता पार्टीका बरिष्ठ नेताको हत्या प्रयास

साउन २८ । भारत उत्तर प्रदेशको गाजियावादमा भारतीय जनता पार्टीका एक वरिष्ठ नेताको हत्या प्रयास भएको छ । भाजपा नेता बजपाल तेवतियालाई लक्षित गरी एके ४७ राइफल मार्फत् गोली चलाइएको थियो । गोली लागेर नेता बजपाल र उनका सुरक्षागार्ड गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था चिन्ताजनक छ ।

‘उनीहरुलाई नोएडाको के फोर्टिस अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ र उनीहरु जीबन मरणका लागि संघर्ष गरिरहेका छन,’ उत्तर प्रदेश प्रहरी अधिकारीका अनुसार बिहीबार राति अबेर दुईवटा गाडीमा आएका व्यक्तिहरुले नेता बजपालमाथि अचानक गोली चलाएका थिए । उनीहरुले बजपालको गाडीलाई घेरेर एके४७ र पिस्तोलले धेरैबेरसम्म अन्धाधुन्द गोली चलाएका थिए । जवाफमा नेता बजपालको अंगरक्षकले पनि धेरैबेर फायर गरेका थिए । घटनामा भाजपा नेता र उनका अंगरक्षकसहित सात जना घाइते भएका छन् ।

BJP leaders

विशेष