अपराध सुरक्षा News

कोही नभएको मौका छोपेर महिलाको हत्या

कोही नभएको मौका छोपेर महिलाको हत्या

साउन २८ । गएराति बुटवलस्थित कालिकानगरमा एक महिलाको रहस्यमय तरिकारले हत्या भएको छ । भाडाको घरमा बस्दै आएकी कमला न्यौपानेको एक्लै भएको अवस्थामा हत्या भएको हो।

तिलोत्तमा नगरपालिका–१३ घर भई व्यापारको सिलसिलामा बुटवल–१३ स्थित थम्मनबहादुर क्षेत्रीका घरमा परिवारसहित उनी सात वर्षदेखि बस्दै आएकी थिइन् ।  उनका श्रीमान् बुटवलस्थित जेसिज चोकमा जुत्ताको थोक व्यापार गर्दै आएका छन्। उनी भने ढिकुटीको कारोबार सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रदीप डिसीले बताए ।

दुई सन्तान काठमाडौँमा बसेर अध्ययन गरिरहेको श्रीमान् पनि सामान लिन काठमाडौं गएको बेला उनको हत्या भएको हो। प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Woman Hatya

विशेष