News

ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई कम्प्युटर सहयोग

ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई कम्प्युटर सहयोग
Computer साउन - २८ । ग्लोबल आइएमई बैंकले कालिकोटका सरकारी विद्यालयलाई १२ थान कम्प्युटर वितरण गरेको छ । कालिकोट स्थित सामाजिक युवा कार्य नेपालसंगको सहकार्यमा कम्प्युटर सहयोग वितरण गरेको हो । विद्यार्थीहरुलाई कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यले उक्त कम्प्युटरहरु सहयोग गरेको हो । बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले उक्त कम्प्युटरहरु सामाजिक युवा कार्य नेपाललाई हस्तान्तरण गरेका थिए । ग्लोबल आइएमई बैंकले विशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर स्थापना काल देखि नै अन्य क्षेत्रहरुमा पनि सहयोग गर्दै आएको छ । विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिको समयमा सहयोग गर्दै आएको छ भने यस्ता अन्य सामाजिक कार्यहरुमा पनि सदैव अग्रसर रहँदै आएको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटिएम, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

kalikotma computer school lai computer sahayog

विशेष