News

ठक्करबाट महिलाकाे मृत्यु

ठक्करबाट महिलाकाे मृत्यु
death-mainसाउन - २८ । महोत्तरी जिल्लाको रामगोपालपुर गाविसमा बिहीबार मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर गाविस–२ बस्ने रामनारायण मण्डलकी पत्नी ४५ वर्षीया देवीयादेवी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीको जलेश्वर बर्दिबास सडखण्डमा बिहीबार जलेश्वरबाट बर्दिबासतर्फ गइरहेको ज६प ३७०४ नंं को डिस्कभर मोटरसाइकलले पदैल यात्री देवीयादेवी मण्डललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । घाइते मण्डललाई स्थानीय जनकल्याण मेडिकल रामगोपालपुरमा लगी प्राथमिक उपचार गराई थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा बाटोमा मृत्यू भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताएका छन् । घटनापश्चात् ज६प ३७०४ नंंको मोटरसाइकल र चालकलाई पक्राउ गरी जिप्रका महोत्तरीको हिरासतमा राखी घटना सम्बन्धमा अनुसन्धान सुरु गरिएको छ । यता मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको जिप्रका महोत्तरीले जनाएको छ । -रासस

mahottari thakker le mirtue

विशेष