किसानदेखि गायकसम्मले पाए राष्ट्रिय प्रतिभा सम्मान (फोटोफिचर)
साउन २८ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार राष्ट्रिय युवा प्रतिभा सम्मानबाट विभिन्न क्षेत्रका युवाहरु सम्मानित भएका छन् ।
कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा परिषदले आयोजना गरेको सम्मान समारोहमा राष्टपति बिद्यादेवी भण्डारीले युवाहरुलाई जनही एक लाख रुपैयाँ र कदरपले सम्मानित गरेकी थिइन् । कार्यक्रमा बोल्दै भण्डारीले युवाहरुले देश परिवर्तन गर्न सकरात्मक भूमिका खेल्नुपर्ने बताएकी थिइन । उनले भनिन्, ‘युवाहरु देशको मेरुदण्ड हुन, युवाहरुले राम्रो काम गरेमा देश पनि राम्रो बन्छ । ’
सो अवसरमा सम्मानित हुनेमा सामाजिक क्षेत्रमा काम गरेबापत धुर्मुस–सुन्तली फाउन्डेसन, संगीतबा शिब परियार, चित्रकलामा अमिर बम्जन, ब्यासायिक कृषिमा गुल्मीको पैचो पसल रहेको छ ।
वाताबरण र सरसफाईको क्षेत्रमा काम गरेबापत डा. राजु अधिकारी, बिज्ञान प्रबिधिको क्षेत्रमा काम गरेबापत डाक्टर सुमन सत्याल सम्मानित भए । महिलाको क्षेत्रमा काम गरेबापत माईती नेपालकी फुलमाया तामा, कालोपोथी चलचित्रका निर्देशक मिनबहादुर भाम, क्रिकेटर सन्दिप लामिछाने पनि सम्मानित भएका छन ।
त्यस्तै पशुपालन क्षेत्रबाट दीपक तिमिल्सेना , उसुको खेलाडी निमा घर्तीमगर, जुडोकी खेलाडी फुपुल्यामु खत्री पनि सम्मानित भए । व्यावसायिक फलफूल खेतीमा योगदान पुर्याएका लोचन बस्नेत सम्मानित भए । त्यसैगरि फुटबल खेलाडी नवयुग श्रेष्ठ, खेलाडी बिपना परियार, पौडी खेलाडी गौरिका सिंह पनि सम्मानित भएका छन् । तेक्वान्दोे खेलाडी निशा रावल, राष्टिय खेलकुदको लोगो निर्माता भोला पौडेललाई पनि राष्टिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरियो ।
Durmush-Suntali nabayug shreshta Prativa Puraskar