News

सांसदहरुकाे हातमा अख्तियार प्रमुख कार्कीलार्इ महाअभियाेग लगाउनु पर्ने १२ कारण

सांसदहरुकाे हातमा अख्तियार प्रमुख कार्कीलार्इ महाअभियाेग लगाउनु पर्ने १२ कारण
Lokman अख्तियार प्रमुख लाेकमान सिंह कार्की र अायुक्त राजनारायण पाठकलार्इ महाअभियाेग लगाउनु पर्ने १२ कारणहरु सुक्रबार सबै सांसदकाे हातमा पुर्याइएकाे छ । सोलिडारिटी फर डा केसी एलायन्सले विभिन्न संचार माध्यमहरुमा प्रमाण सहित आएका समाचारका साथमा केही नयाँ प्रमाणसमेत थपेर तयार पारिएको ३० पृष्ठ लामो दस्तावेज शुक्रबार सांसदहरूलाई बुझाइएको हो । एलाइन्सले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ - 'यो दस्तावेजले सांसदहरूलाई लोकतन्त्रमा एउटा संवैधानिक निकायले देखाइरहेको अशोभनीय र गैर-संवैधानिक कार्यको दायरा बुझ्न सघाउँदै अविलम्ब यसको कानुनी कारबाही खोज्न उत्प्रेरित गर्ने हाम्रो अपेक्षा छ ।' अख्तियार प्रमुखलाई महाअभियोग लगाउने पर्याप्त आधार हुँदाहुँदै पनि माननीय सांसदहरुले व्यवस्थापिका संसदमा यो बिषय उठाउन नसक्नु लोकतन्त्र र विधिको शासनका लागि आत्मघाती कदम हुने ठहर एलायन्सले गरेको छ। डा गोविन्द केसी अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्ने लगायतका माग राखी आठौं पटक अनसन बसेका थिए । त्यसकाे लगतै एलायन्सले उनका माग पुरा गर्न दबाव सुरु गरेको हाे । डा केसी र सरकारबीच सहमति भएपछि पनि सहमति कार्यान्वयनका लागि दवाब दिन एलायन्स सक्रिय छ।

Akhtiyar Pramukh Lokman Sing Kraki

विशेष