विदेश

रसिया र टर्कीले आइएस विरुद्ध संयुक्त कारबाही सुरु गर्ने

रसिया र टर्कीले आइएस विरुद्ध संयुक्त कारबाही सुरु गर्ने
isisसाउन २८ । टर्कीले रसियालाई बिहीबार सिरियाका जिहादी समूह इस्लामिक स्टेट्स (आइएस) विरुद्ध संयुक्त कारबाही अघि बढाउन आह्वान गरेको छ । रसियाको भ्रमणमा पगेका टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगान र रसियाली राष्ट्रपति भ्यादिमिर पुटिनबीच भएको एक महत्वपूर्ण वार्ताका क्रममा टर्कीले सो आग्रह गरेको हो । यस विषयमा रसियासँग विस्तृत छलफल गर्ने र आइएस विरुद्धको कारबाहीमा रसियासँग मिलेर संयुक्त कारबाही गरिने टर्कीका विदेश मन्त्री मेभ्लुत क्याभ्उसोग्लुले एक निजी टेलिभिजनलाई अन्र्तवार्तामा बताएका छन् । उनले भने यो प्रस्ताव पहिलो पटक टेबलमा आएको छ र यस विषयमा विस्तृत छलफल गरी सहमतिमा पुगिने छ । गत नोभेम्बरमा सिरियाको सिमानानजिकै टर्कीले एउटा रसियाली विमानलाई गोली हानेर खसालेपछि टर्की र रसियाबीचको सम्बन्धमा चिसोपना आएको थियो । गत महिना टर्कीमा भएको असफल सैन्य विद्रोहको प्रयासपछि राष्ट्रपति एर्डोगानको पहिलो विदेश भ्रमण रसिया भएको हो । एर्डोगानको रसिया भ्रमणबाट दुई देशबीचको सम्बन्ध अत्यन्त सकारात्मक भएको बताइएको छ । यसपछि टर्कीले पनि आइएस विरुद्धको कारबाही संयुक्त रुपमा गर्नको लागि रसियालाई आह्वान गरेको हो । रासस÷एएफपी

islamic state russya Turkey

विशेष