अख्तियार दुरुपायोग अनुसन्धान आयोगको वरपर प्रदर्शन गर्न राेक
साउन – २८ । अख्तियार दुरुपायोग अनुसन्धान आयोगको वरपर कुनैपनि प्रकारको प्रदर्शन गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराई संवैधानिक निकायको संवेदनशीलतालाई ध्यान दिँदै टंगाल क्षेत्रमा प्रदर्शन गर्न रोक लगाइएको बताए ।
उक्त क्षेत्रमा अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफ्नो क्षेत्राधिकार नाघेर विभिन्न क्षेत्रमा हस्तक्षेप गरेको र आफैं भ्रष्टाचारमा संलग्न भएको भन्दै उनीविरुद्ध प्रदर्शन हुँदै आएको थियो ।
डा. गोविन्द केसीका समर्थकले मेडिकल शिक्षामा अख्तियारले हस्तक्षेप गरेको भन्दै त्यस क्षेत्रमा प्रदर्शन गर्दै आएका थिए ।
जिल्ला प्रशासनले विशालनगर जाने चोक, गणेश मन्दिर, गौह्रीधारा चोक र दुरसञ्चार नक्सालदेखि बालमन्दिर सम्मको क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको हो ।
Akhtiyar
akhtiyar durupayog anusandhan ayog