साउन - २८ । नाइजरमा हालैका हप्ताहरुमा परेको अविरल बर्षापछिको बाढीका परी कम्तीमा १४ जना मारिएका छन् ।
अविरल बर्षा र त्यसपछिको बाढीको कारण अन्य पाँच व्यक्ति घाइते भएका छन् भने ४६ हजार २९६ प्रभावित भएका छन् । यस प्रकोपको कारण भारी मात्रामा सपत्तीकाे नोक्सान भएको पनि बताइएको छ ।
सन् २०१२ को अगस्तमा भारी बर्षापछि आएको बाढीको कारण नाइजरमा कम्तीमा ७० व्यक्तिको मृत्यु भएको थियो ।
सो प्रकोपको कारण ७० हजार ३५० वटा घरहरु नष्ट भएका थिए । देशभरी करिब पाँच लाख व्यक्ति सो बाढीबाट प्रभावित भएका थिए । रासस÷सिन्ह्वा