विदेश
विस्फोटमा परी ४ सर्वसाधारणको मृत्यु
शुक्रबार, २८ साउन २०७३ गते प्रकाशित

साउन - २८ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा शुक्रबार विहान भएको एक बम विस्फोटमा परी चार सर्वसाधारणको मृत्यु भएको छ ।
प्रान्तीय सरकारका प्रवक्ताले सो जानकारी दिएका छन् । मैवान्ड जिल्लाको सहालघामी इलाकामा स्थानीय समयाअनुसार शुक्रबार विहान ७ः३० बजे सडक किनारमा राखिएको विस्फोटक पदार्थसँग सवारी साधन ठोक्किदाँ सो घटना भएको हो ।
उक्त विस्फोटमा परी सवारी साधनभित्र रहेका चार सर्वसाधारणको मृत्यु भएको हो ।
अफगानिस्तानमा तालिवान आतङ्ककारी समूहले बारम्बार यस्ता आक्रमणहरु गर्दै आएका छन् । हालसम्म यस आक्रमणको कुनै पनि समूहले जिम्मा भने लिएका छैनन् ।
संयुक्त राष्ट्र संघका अनुसार सन् २०१६ को पहिलो छ महिनामा अफगानिस्तानमा जारी द्वन्द्वमा परी करिब १६ हजार व्यक्तिको मृत्यु भएको छ भने अन्य तीन हजार ५६० जना घाइते भएका छन् । रासस÷सिन्ह्वा
afagansthan
bom bisfot