News

धुर्मुस-सुन्तली भन्छन ‘यो त सुरुवात हो, हामी अझै धेरै काम गर्छौ’ (भिडियो सहित)

धुर्मुस-सुन्तली भन्छन ‘यो त सुरुवात हो, हामी अझै धेरै काम गर्छौ’ (भिडियो सहित)
dhurmus-suntali-sitaram-kattel-kunjana-ghimire-navayug-neema-gharti-magar-nepalaaja साउन - २८ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा परिषदले विभिन्न क्षेत्रमा सक्रिय २० युवालाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेबी भण्डारी सम्मानित युवाहरुलाई एक-एक लाख रुपैयाँ र सम्मानपत्र हस्तान्तरण गरेकी हुन् । यो त सुरुवात हो - धुर्मुस-सुन्तली dhurmus-suntali-sitaram-kattel-kunjana-ghimire-nepalaaja धुर्मुस-सुन्तली फाउन्डेसन स्थापना गरी समाजसेवामा लागेका कलाकार दम्पत्ति सीताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली, फुटबलर नवयुग श्रेष्ठलगायतका युवाहरु सम्मानित भएका छन् । भूकम्पपछिको पुर्ननिमार्णमा सहयोग पु-याए बापत धुर्मुस–सुन्तली सम्मानित भएका हुन । उनीहरुले सिन्धुपाल्चोकको भूकम्प पीडित बस्तीमा घर बनाएर पुर्ननिर्माणमा सहयोग गरेका थिए । सम्मानित भएपछि नेपाल आजसँग कुरा गर्दै कलाकारद्वयले भने, ‘यो त सुरुवात हो, देशको सेवा गर्न धेरै बाँकी छ । हामीले गरेको कामको सरकारले उचित मूल्याङन गरेको छ । अहिले देशमा नकरात्मक सोच हावी भइरहेको अवस्थामा हामीले एउटा सानो काम गर्दा पनि सम्मान पाउनु अत्यन्तै ठूलो कुरा हो ।’ देशको सेवा गर्न कुनै साइत आवश्यक नपर्ने उनीहरुको भनाइ छ । सबैले आआफ्नो ठाऊँबाट सेवा गर्न शुरु गरे देश निर्माण शुरु हुंने उनीहरुको भनाइ छ । पछिल्लो समय समाजसेवामा बढी समय खर्च गरेका धुर्मुस–सुन्तलीले कलाकारितालाई निरन्तरता दिने बताउंछन् । भन्छन ‘हामी चिनिएकै कलाकारिताबाट हो । यो काम सकेर फेरि कलाकारितामा नै फर्कन्छौ । हामी कलाकारिता छोड्न सक्दैनौ । समाजसेवा र कलाकारिता हामी दुईटै कामलाई अघि बढाउछाैँ ।’ बिदेसिएका युवाहरुलाई नेपालमा नै केही गर्न सकिन्छ भन्दै उनीहरु भन्छन ‘ चाहनु पर्छ हरेक चिज हाम्रो देशमा सम्भव छ । जे पनि गर्न सकिन्छ ।’ साफ च्याम्पियनसिप जिताउने लक्ष्य छ – नवयुग navayug-nepalaajaराष्टिय युवा प्रतिभा सम्मान पाउने नेपाली फुटवल स्टार नवयुग श्रेष्ठ पनि हुन । गत वर्ष भारतमा भएको १२ औ सार्क गेममा स्वर्ण पदक र बगंलादेहमा भएको बनगन्धु गोल्डकपमा स्वर्णपदक जिताउने जस उनले नै पाएका थिए । नेपालले २३ वर्ष पछि अन्र्तराष्ट्रिय फुटवलमा स्वर्ण पदक जितेसँगै नवयुग नयाँ युगको नायक बनेका थिए । देशको लागि पदक जिताउन निरन्तर खेलिरहन्छु - निमा घर्ती मगर neema-gharti-magar-nepalaaja उसु खेलाडी निमा घर्ती मगरले १२ औं सागअन्तर्गत नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिईन । नेपालले सार्क गेममा उनकै स्वर्ण पदकबाट स्वर्ण पदकको खडेरी तोडेको थियो । उनै निमा घर्ती मगरलाई पनि राष्ट्रिय युवा प्रतिभा पुरस्कार बाट सम्मानित भइन् । सम्मानपछि नेपाल आजसंग कुरा गर्दै उनले सम्मानका लागि सरकारप्रति कृतज्ञता व्यक्त गरिन् । सम्मानित हुने अन्य युवा यसप्रकार छन  संगीतबाट शिब परियार, चित्रकलामा अमिर बम्जन, ब्यासायिक कृषिमा गुल्मीको पैचो पसल रहेको छ । वाताबरण र सरसफाईको क्षेत्रबाट डा. राजु अधिकारी, बिज्ञान प्रबिधिको क्षेत्रमबाट डाक्टर सुमन सत्याल सम्मानित भए । त्यस्तै माईती नेपालकी फुलमाया तामा, कालोपोथी चलचित्रका निर्देशक मिनबहादुर भाम, क्रिकेटर सन्दिप लामिछाने पनि सम्मानित भएका छन । त्यस्तै, पशुपालन क्षेत्रबाट दीपक तिमिल्सेना , जुडोकी खेलाडी फुपुल्यामु खत्री, व्यावसायिक फलफूल खेतीमा योगदान पुर्यौएका लोचन बस्नेत, खेलाडी बिपना परियार, पौडी खेलाडी गौरिका सिंह, तेक्वान्दोे खेलाडी निशा रावल, राष्टिय खेलकुदको लोगो निर्माता भोला पौडेललाई राष्टिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएकाे छ । प्रस्तुतिः सागर बुढाथाेकी

र याे पनि

किसानदेखि गायकसम्मले पाए राष्ट्रिय प्रतिभा सम्मान (फोटोफिचर) तीन महिनाको घरभाडा हिसिलालाई बुझाउँन जाँदा थाहा भयो, हिसिला–बाबुराम भूमिगत भइसकेका रहेछन् (भिडियो सहित) उपेन्द्र यादवद्वारा मधेशमा दुई प्रदेशको घोषणा तपाई कसरी राष्ट्रवादी भनेर किशोरीले प्रमाणसहित प्रश्न गरेपछि ओली अक्क न बक्क (भिडियो सहित) ►गुडिया जस्ता यी दिदीबहिनी कति अभागी !

Durmush-Suntali nabayug shreshta Neem Ghartimagar

विशेष