News

ओलम्पिकको कीर्तिमानी खेलाडी एक संकरणमा ४ स्वर्ण समग्रमा २२ औं स्वर्ण

ओलम्पिकको कीर्तिमानी खेलाडी एक संकरणमा ४ स्वर्ण समग्रमा २२ औं स्वर्ण
Rioसाउन – २८ । ओलम्पिकको कीर्तिमानी अमेरिकी पौडी खेलाडी माइलक फेल्प्सले एकै संकरणमा लगातार चार स्वर्ण जित्ने पहिलो पौडीबाजी बनेका छन् । ओलम्पिकमा समग्रमा उनले २२ औं स्वर्ण पदक जितेका छन् । फेल्प्सले शुक्रबार भएको पुरुष दुई सय मिटर मिडलेमा स्वर्ण पदक जितेका हुन् । फेल्प्सले जापानका कोसुके हागिनोलाई पछि पार्दै चौथो स्वर्ण पदक जितेका हुन् । फेल्प्सले १ मिनेट ५४ दशमलव ६६ सेकेण्डमा दूरी पूरा गरेर स्वर्ण जिते भने १ मिनेट ५६ दशमलव ६१ सेकेण्डमा दूरी पूरा गरेका हागिनोले रजत पदक जिते । यस्तै चीनका वाङ सुङले एक मिनेट ५७ दशमलव ५ सेकेण्डमा दूरी पूरा गरेर कास्य पदक जिते ।

Olympic Rio

विशेष