News

प्रधानमन्त्रीद्वारा खाडीकाे जेलमा रहेका नेपालीकाे वास्तविक तथ्याङ्क दिन निर्देशन

प्रधानमन्त्रीद्वारा खाडीकाे जेलमा रहेका नेपालीकाे वास्तविक तथ्याङ्क दिन निर्देशन
prachanda-nepalaaja साउन २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्र सचिव शंकरदास बैरागीलाई खाडीको जेलमा रहेका नेपालीहरुको वास्तविक तथ्याङ्क दिन निर्देशन दिएका छन् । परराष्ट्र सचिवलाई शुक्रबार बालुवाटारमा बोलाइ प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले मलेसीया र खाडी मुलूकमा बन्दी जीवन बिताइरहेका नेपालीहरूको वास्तविक तथ्याङ्क माग गर्दै सरकारले आवश्यक निर्णय गर्ने बताएका हुन् । भेटमा प्रधानमन्त्रीले खाडी मुलूकमा बन्दीजीवन बिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारे परराष्ट्र सचिवसँग जानकारी लिएका थिए । परराष्ट्र सचिव बैरागीले तिमिल्सिनाको सहयोगमा नीजि क्षेत्रबाट २८ लाख रुपैया संकलन भएको जानकारी दिए । प्रधानमन्त्रीले रामचन्द्र तिमिल्सिनाको घटनाबारे यथार्थ बुझेर थप जानकारी गराउनसमेत निर्देशन दिए । परराष्ट्र सचिव बैरागीले पेट्रोलियम पदार्थको मूल्य घटेकाले खाडी मुलूकहरुमा धेरै कम्पनी बन्द हुँदै गएको र नेपाली कामदार कम्पनीबाट फिर्ता भइरहेको जानकारी दिए ।

pm puspa kamal dahal

विशेष