विचित्र विश्व विदेश

आउने भए कपडा खोलेर आउ नत्र अन्तै जाऊ

आउने भए कपडा खोलेर आउ नत्र अन्तै जाऊ

burkini

फ्रान्सको कान्स सहरमा समुद्री किनारमा महिलाहरुले अब ‘बुकिनिस’ लगाउन नपाउने भएका छन् । ‘बुर्कि्निस’ एक प्रकारको स्वीम सुट हो, जसले शरीर पूरै ढाक्ने गर्दछ । कान्सको महापौरकाअनुसार उनीहरुले ‘बुकिनिस’ माथि ‘कानुनी व्यवस्थालाई ध्यानमा राखेर’ प्रतिबन्ध लगाइएको हो । महापौर डेविड लिस्नार्डका अनुसार ‘बुकिनिस’ ‘इस्लामिक चरमपन्थको प्रतिक’ हो । जसले तनावको स्थिति उत्पन्न गराउन सक्दछ । किनभने फ्रान्स चरमपन्थी संगठन इस्लामिक स्टेटको निशानामा छ ।

फ्रान्सको नीस सहरमा गत महिना जुलाईमा चरमपन्थी आक्रमण भएको थियो । त्यसअघि पनि फ्रान्समा यसप्रकारको आक्रमण भइसकेको छ । उक्त सबै घटनालाई ध्यानमा राखेर फ्रान्समा ‘हाई अलर्ट’ मा छ । बुकिनिसमाथि प्रतिबन्ध नमान्ने र पक्राउ पर्नेमाथि ३३ पाउन्ड जरिवाना गर्न सकिनेछ । यद्यपि कुसैमाथि सिधै जरिवाना भने गरिने छैन । बुकिनिस लगाउने महिलालाई आफ्नो स्वीमसुट परिवर्तन गर्न वा समुद्री किनारमा नआउन भनिनेछ । फ्रान्समा महिलाको पहिरनमा प्रतिबन्ध लगाउने यस्तो पहिलोपटक भएको भने होइन । यसअघि सन् २०११ मा महिलालाई बुर्का लगाउन रोक लगाइएको थियो । त्यतिबेला यसप्रकारको प्रतिबन्ध लगाउने फ्रान्स युरोपको पहिलो मुलुक थियो

France

विशेष