News

स्क्रब टाइफस रोगबाट दुईको मृत्यु

स्क्रब टाइफस रोगबाट दुईको मृत्यु
scrub_typhus-स्क्रब-टाइफस-375x285साउन २९ । स्क्रब टाइफस भएर बिरामी भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइपुगेका बाँकी ९ जनालाई मात्र बचाउन सकिएको थियो । यसको माहामारी अझै केही महिना रहने आशंका गरिएको छ । बिरामी भएपछि औषधि दिए पनि प्रभावकारी नभएपछि उपचारका लागि संखुवासभाबाट मात्र ६ जना बालबालिका प्रतिष्ठानमा ल्याइएका थिए । उनका अनुसार स्क्रब टाइफस भएर धनकुटाबाट दुई जना, भोजपुर, मोरङ, इलामबाट एक एकजना उपचारका लागि ल्याइएको थियो । ती मध्ये हाल बालसघन उपचार कक्ष (पीआईसियु)मा एकजना र वार्डमा चार जना अझै उपचारकै क्रममा रहेको डा. धरेलले बताए । बाँकी चारजनाको उपचार पछि निको बनाएर यसै साता डिस्चार्ज गरिएको उनले बताए । स्क्रब टाइफसको प्रभावकारी खोप बन्न नसकेकाले धेरै बालबालिकाहरुको ज्यान जाने अवस्था रहेको उनले बताए । उनले भने, ‘यो रोगबाट बच्ने विकल्प भनेको किर्नाको टोकाईबाट बच्नु र त्यसलाई नियन्त्रण गर्नु मात्र रहेको छ ।

kirna ko tokai skrub taifaes

विशेष