साउन - २९ । बाल रङ्गमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आसितेज इन्टरनेशनलको एसियाली बैठक यसपटक श्रीलङ्काको कोलम्बोमा हुँदैछ ।
बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि सुन्न, देख्न, महसुस गर्न र कल्पना गर्न सक्छन् भन्ने अन्तर्राष्ट्रिय अभियान चलाइरहेको यस संस्थाको नेपाल पनि सदस्य राष्ट्रको हैसियतबाट सो बैठकमा सहभागी हुँदैछ ।
सन् २०१० मा जापानबाट सुरु भएको असितेज एसिया भेला, चीन, जापान, कोरिया, भारत हुँदै यसपटक छैटौं आसितेज एसिया भेला श्रीलङ्कामा हुन लागेको हो ।
बैठकमा नेपालँंगै अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, सिङ्गापुर, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, थाइल्याण्ड सहभागी हुनेछन् । नेपालका तर्फबाट सहभागी हुने कलाकार दिपर्सनजङ्ग राणाले नेपालमा भइरहेका समग्र रङ्गमञ्चको गतिविधि तथा बाल रङ्गमञ्चमा प्रयास गरिएका गतिविधिहरुको प्रतिवेदन समेत प्रस्तुत गर्नेछन् ।
सन् १९६५ मा फ्रान्सको पेरिसमा युरोपेली बाल रङ्गमञ्चमा लागिरहेका रङ्गकर्मीले स्थापना गरेको आसितेज इन्टरनेशल संयुक्त राष्ट्रसङ्घको युनेस्को र इन्टरनेशनल थिएटर इन्स्टिच्युटसँग पनि आवद्ध रहेको छ । नेपालले सन् २००२ मा यसको सदस्यता लिएको थियो । हाल ९० भन्दा देशमा आसितेज इन्टरनेशनलको बाल रङ्गमञ्च प्रबर्धननको अभियान चलिरहेको छ । रासस