विदेश
अपहरणमा परेका सिरियाली नागरिक अपहरणमुक्त
शनिबार, २९ साउन २०७३ गते प्रकाशित
साउन - २९ । इस्लामिक स्टेट (आइएस) समूहद्वारा उत्तरी सिरियाबाट शुक्रबार अपहरण गरेका दुई हजार सिरियाली नागरिकमध्ये अधिकांशलाई उक्त समूहले शनिबार अपहरणमुक्त गरेको छ ।
‘सिरियाली डेमोक्रेटिक फोर्स (सिडिएफ)ले सिरियाली नागरिकलाई आइएसको एक समूहले अपहरण गरी लगेकामा केही भागेर उम्कन सफल भएका र अधिकांशलाई आइएस लडाकूले अपहरणमुक्त गरेको बताएको छ ।
बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले सयौँ नागरिक सिरियाको उत्तरी भागबाट फिर्ता आएका र अधिकांशलाई आइएस लडाकुले छोडिदिएका छन् ।
इस्लामिक जिहादी समूहले पछिल्लो समय एकपछि अर्को गर्दै सिरिया र इराकमा क्षति व्यहोर्नुपरेको र आफ्नो नियन्त्रणमा रहेको इलाका गुमाएर अर्को क्षेत्रमा जाँदा सर्वसाधारण मानिसलाई अपहरण गरी मानव ढाल बनाई बाहिरिने गरेका बताइने गरेको छ ।
सिरियाली मानवअधिकारवादी संस्थाका प्रमुख रमी अब्देल रहमानले शुक्रबार सयौँलाई विद्रोहीले अपहरण गरेका र केहीले प्रतिवाद गर्दा ज्यान जोखिममा पर्ने मानी आफैँ विद्रोहीको अघि लागेर जाने गरेका बताए । रासस÷एएफपी
islamic state
syiriya