News

खोटाङका विद्यार्थीलाई सेनाकाे सहयाेग

खोटाङका विद्यार्थीलाई सेनाकाे सहयाेग
nepal-army साउन २९ । नेपाली सेनाले खोटाङका केहि विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । शेरगण मुढे व्यारेक दिक्तेलले च्यानडाँडा, डाँडागाउँ र दोर्पा चिउरीडाँडाका जेहेन्दार र गरीब छात्ररछात्रालाई भलिबल, फुटबल, कापी, पेन्सल लगायतका खेलकुद तथा शैक्षिक सामग्री प्रदान गरेको हो । दोर्पा चिउरीडाँडाको दोबेला निम्न माध्यमिक विद्यालयका छात्ररछात्रालाई भलिबल, एक दश दर्जन कापी, पाँच दर्जन पेन्सल र दुई दर्जन डटपेन प्रदान गरिएको गणपति मदन न्यौपानेले बताए । यस्तै, डाडाँगाउँकै चण्डेश्वरी निम्न माध्यमिक विद्यालयका छात्ररछात्रालाई भलिबल र च्यानडाँडाको राधाकृष्ण माध्यमिक विद्यालयका छात्ररछात्रालाई दुईवटा फुटबल, तीन दर्जन कापी, एक दर्जन बलपेन र तीन दर्जन पेन्सल वितरण गरिएको सेनाले जनाएको छ ।

khotang Nepal Army

विशेष