अपराध सुरक्षा News

छात्राबासमा भूत

छात्राबासमा भूत

ghost

साउन ३० । सबैले मिलनसार दिदीका रुपमा चिन्ने हुम्ला जिल्लाको एक मात्रै महिला फिडर छात्रावासको सिद्धा ऐडीको व्यवहार एक सातादेखि निकै फरक छ । अरुको काममा सहयोग गर्ने छात्रावासका साना बहिनी र आफ्नै सहपाठीलाई पढाइ तथा अन्य काममा समेत सुझव दिने ऐडीको बोली निकै परिवर्तन भएको छ । मिजासिला शव्द र सम्मानजनक भाषा प्रयोग गर्ने कक्षा दसमा अध्ययनरसत सिद्धाले एक सातायता अश्लील शब्द प्रयोग गर्न थालेकी छिन् ।

उनी घरी आफैं जमिनमा लम्पसार पर्ने त घरी अर्की महिला (भूत) आएर आफूलाई हिर्काउन थालेको भन्दै सिमकोट बजारनै थर्काउने गरी रुन्छिन् । सिद्धा बसेकै छात्रावासकी पुष्पा रावतको अवस्था पनि फरक छैन । एकैछिन सामान्य अवस्थाकी पु्ष्पा आफूलाई लिन ऊः पर आई भन्दै होस गुमाउछिन् । छिनभरमै सामान्य अवस्थामा आएको बेला आफूलाई थाहा नभएको बताउने पुष्पा अनुहार छोपेकी महिलाले आफूलाई छोएपछि बेहोस हुने बताउँछिन् ।

छात्रावासमा भएका २० जनालाई खाना पकाउने भान्से विमला रावलको अवस्था पनि उस्तै छ ।झट्ट सुन्दा नाटकीय लाग्ने जस्तो उक्त दैनिकी गएको एक सातादेखि सदरमुका सिमकोटकै मुटुमा रहेको जिल्लाको एक मात्रै महिला छात्रावासको हो ।जिल्ला शिक्षा कार्याल यमार्फत नेपाल सरकारले सञ्चालन गरेको उक्त छात्रावासमा आश्रय लिएर बसेका २० जनामध्ये भान्सेसहित ५ जनालाई फरकफरक भूत लागेपछि छात्रावासको दैनिकी नै फेरिएको छ । अन्नपूर्ण पोष्टबाट

Ghost Nepal

विशेष