News

माओवादी मन्त्रीलाई स्वकिय सचिव छान्न महाभारत

माओवादी मन्त्रीलाई स्वकिय सचिव छान्न महाभारत

Maobadi Kendra

साउन ३० । मन्त्री बन्नका लागि पार्टी्भित्र विवाद हुनु नौलो विषय होइन । मन्त्री बन्नका लागि सांसदहरुले सबै शक्ति प्रयोग गर्ने गर्छन् । मन्त्री बन्न हरेक पार्टीमा हानाथाप नै हुने गरेको छ । यतिसम्म कि मन्त्री नपाउँदा केहीले पार्टी परित्यागसमेत गरेका छन् । पार्टीले मन्त्री छनोट गर्दा योग्यता, क्षमता, दक्षता, पार्टीलाई दिएको योगदानलाई आधार बनाउँदै आएको बताउने गरेका छन् । माओवादीबाट मन्त्री बन्नेहरुलाई अहिले सचिवालयमा नियुक्त गर्ने व्यक्ति छनोट गर्न समेत महाभारत भएको छ ।

माओवादी नेतृत्वको सरकारले पार्टीका तर्फबाट एक जना उपप्रधानमन्त्री र दुईजना मन्त्री नियुक्त भइसकेका छन् । मन्त्री बनेसँगै पार्टी्भित्रका नेतापिच्छे नै सचिवालयमा नियुक्त गर्नका लागि आउने नामले मन्त्रीहरु हैरान भएका छन्। पार्टी्भित्रका जनवर्गीय संगठनका नेताहरुले सचिवालयमा आफू निकटका व्यक्तिहरुलाई राख्न दबाब दिने गरेका छन् । मन्त्रीहरुले बढीमा आठ जनासम्मलाई नियुक्त गर्न पाउने प्रावधान रहेको छ । तर पार्टीका नेताहरुको व्यक्ति व्यक्तिपिच्छे नाम पठाउँदा मन्त्रीहरुलाई सचिवालय विस्तार गर्न अप्ठ्यारो परेको एक माओवादीका नेताले बताए । नेपाल समाचारपत्रबाट

Nepal Maobadi kendra

विशेष