अपराध सुरक्षा देश News

हिंसामा परेकी एक फिलिपिनो नागरिकलाई उद्दार गरि स्वदेश फर्काइदैं

हिंसामा परेकी एक फिलिपिनो नागरिकलाई उद्दार गरि स्वदेश फर्काइदैं

Joya साउन ३० । बैदेशीक रोजगारीका क्रममा युएई पुगेका नेपाली युवासंग बिवाह गरी नेपाल आएकी जोया बिगत ५ वर्ष देखी नेपालमै बसोवास गर्दै आईरहकी थिईन् । दुई सन्तानकी आमासमेत रहेकी जोयाले नेपाली नागरीकसंग बिहेगरी ३ वर्ष र ११ महिनाको छोरा जन्माएकी छिन् । श्रीमान र घरपरीवारको हिंसा सहन नसकी घर छाडेर हिडेकी जोयालाई बिगत ५ महिना अगाडी भरतपुरको वालकुमारी रोडबाट गृहले उद्धारगरी संरक्षण गरीएको गृहकी प्रमुख मीना खरेलले जानकारी दिनुभयो ।Philipino

बिभिन्न सरकारी निकाय र फिलिपिनी दुतावासको सहयोगले जोयालाई स्वदेश फिर्ता पठाउन सफल भएको बताउनुभयो । श्रावण ३० गते २ सन्तान सहित स्वदेश फिर्ता हुन लागेकी जोयाले गहभरी आसु वोक्दै नेपाली नागरीकहरु अतिनै राम्रो भएको बताउदै गृहले गरेको कार्यलाई कहिले बिर्सन नसक्ने बताएकी थिइन् । नेपालको बसाईमा बिभिन्न दुख कष्ट भोगेकी जोयाले आफु बलियो रहेको भन्दै आगामी ५ वर्षमा पुनह नेपाल आउने समेत बताएकी थिईन् । बिचल्लीमा परेकी एक फिलिपिनी महिलालाई चितवनको भरतपुरमा रहेको आदर्श गृहले उद्धार गरेको छ । नेपालीसंग बिहे गरेकी फिलिपिनी महिला जोयाको उद्धार गरी आदर्श गृहले आईतवार स्वदेश फिर्ता गर्ने भएको हो ।

उनका दुई छोरा समेत रहेका छन् । प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले गृहले प्रसंसनिय कार्य गरेको भन्दै यस्तो कार्यको बयान गर्न नसकिने बताउनुभयो । जोयालाई स्वदेश फिर्ता गर्न महत्वपुर्ण भुमिका रहेको जिल्ला प्रसासन कार्यलयका प्रमुख सिंहले गृहले नेपालमा नै ठुलो सन्देश दिएको बताउनुभयो । साथै उहाँले यस्तो गलत प्रवृत्ति गर्ने ब्यक्तिलाई दानुनी दायरामा ल्याई सजाय दिनु पर्ने समेत बताउनुभयो । जोया लाई आर्दश गृहले फिलिपिन्स पठाउनु अधि बिदाई कार्यक्रमको आयोजना गरि विदाई गरेको हो ।

Philipino woman

विशेष