
साउन ३० नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनका प्रतिनिधिहरुलाई आज बिहान ९ बजेदेखि मतदाता परिचयपत्र, झोलालगायतका सामग्री पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृतिभवनबाट वितरण गरिने भएको छ ।
महाधिवेशन प्रतिनिधिहरुले परिचयपत्र बुझ्न आउँदा आ–आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र साथमा लिएर आउन नेपाली काँग्रेसद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । धेरै दिनको विवादपछि शनिबार राती निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशित गरेको हो ।
Nepal Student Union