नेविसंघको महाधिवेशनमा प्रदेश नं १ खुल्ला तर्फका विद्यार्थी उम्मेद्दार चित्रकुमार काकीको राजनीतिक यात्रा
नेपाली कांग्रेस भातृ संघठन नेपाल बिद्यार्थी संघमा ११ औ महाधिबेशनको चहलपहल सुरु भएको छ । नेवी संघको चुनाव ८ दिन वितीसक्दा हुन सकेको छैन । नेवीसंघको आफ्नै बिधानमा १ सय ६१ जनाको पुर्ण कमिटी हुने बिधानमा उल्लेख छ । चुनावमा प्रतिस्पर्धामा धेरै उम्मेदारहरु देखिएका छन । त्यसै मध्येका प्रदेश नम्बर १ बाट खुला तर्फका केन्द्रिय सदस्य पदमा चित्रकुमार कार्कीले पनि उम्मेदारी दिएका छन ।
२०५४ सालमा पाटन सयुक्त क्याम्पबाट विद्यार्थी राजनीति सुरु गरेका कार्की उक्त क्याम्पसमा बिभिन्न जिम्मेवारी सम्हालेका थिए । उनलाई कुशल संघठनकर्ता र असल विद्यार्थी नेताको रुपमा चिनिन्छ ।सरल स्वाभाव र इमान्दारी विद्यार्थी नेताको रुपमा उनलाई उनका समकालिन नेताहरुले चिन्छन । जसको कारण उनी बिद्यार्थी राजनीतिमा छोटो समयमा नै लोकप्रिय भए ।
२०५८ पछिको राजा बिरोधी आन्दोलनमा सक्रिय हुदा पटक पटक पुलिस कस्टडीमा समेत परेका थिए । कार्की नेवि संघ ओखलढुङगांको जिल्ला कमिटीमा रहेर पनि काम गरे। उनी लामो समय ओखलढुङगां–काठमाण्डौ सम्पर्क समितीको अध्यक्ष रहेर काम गरेका थिए । राजनीतिलाई समाज सेवासंग जोड्ने कार्कीले गत साल गएको भुकम्पमा देशको विभिन्न ठाउमा रहेर समाज सेवाको काम गरे ।
राजनीतिमा आउन उनी घर परिवारबाट नै पे्ररित भएका हुन । उनका वुवा नेपाली कांगे्रसको सक्रिय नेता थिए । बहुदलिय व्यवस्थापश्चात उनका पिता दुर्योधन कार्की २०४९ र २०५४ का निर्वाचित गावीस अध्यक्ष थिए । अधिवेसनको क्रममा विगत ५ वर्ष देखि देशका सम्पुर्ण जिल्लाहरु घुमेका कार्की बिद्यार्थी विच लोकप्रिय भएका कारण आफ्नो जित सुनिश्ति भएको बताउछन ।
Chitra Karki Student Union