News

पीडितका लागि अाएकाे दाता पीडितलाई नै डोजर लगाएर लखेट्दै

पीडितका लागि अाएकाे दाता पीडितलाई नै डोजर लगाएर लखेट्दै
dojarसाउन ३० । घरबारबिहिन भएर नेपाल ओरियन्ट म्यागनेसाइटमा टहरा बनाएर बस्दै आएका जुरे पहिरोपीडितलाई सरकारल हटाउन सुरु गरेको थियो । पुनर्वास गराउन भन्दै पहिरो गएको दुई वर्षसम्म छाप्रोमा बस्न बाध्य पीडितको अस्थायी बसोबास भएको ठाँउमा सडक विभागले डोजर लगाएर भत्काउन थालेपछि उनीहरुको बिचल्ली भएको छ । सरकारले छाप्रो भत्काउने धम्की दिएपछि पीडित जुरे पहिरो स्थल र सुनकोसी किनारमा बस्न बाध्य छन् । नेपालमा पहिरो रोकथामका लागि आएको चिनियाँ निर्माण कम्पनी सीसीआरसीको सम्पर्क कार्यालय निर्माण गर्ने बताउदै उनीहरुलाई हटाउन लागिएको दोलखा चरिकोटस्थित सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालय स्थापनाका लागि पीडितलाई अन्यत्र’जान भनेका छौ ।’ डिभिजन प्रमुख अशोक तिवारीले भने,अरनिको राजमार्गको स्तरोन्नती र पहिरो नियन्त्रका लागि आएको कम्पनीले माग गरेअनुसार जग्गा दिन लागेको हो’ म्याग्नेसाइट र आसपासमा ९४ परिवारको बास हटाउन लागेपछि पीडित भने बिचल्लीमा परेका छन्। त्यहाबाट पाँच परिवार हटाइसकिएको छ र्। नाबालक छोराछोरी च्यापेर सुनकोसी किनारमा बसेका छौ,’पीडित मंगले तामाङले भने बाँच्नै कठिन भयो । ज्ुन ठाउँ असुरक्षित भन्दै वर्षदेखि भाग्यौ, अहिले त्यही ठाउँमा बस्न विवश छौँ ।’ सरकारले सुरक्षा दिनुको बदला कालको मुखमा धकेलेको उनले बताए। पहिरोमुनि बस्न थालेका सन्तबहादुर तामाङ जुनसुकै बेला बग्ने चिन्तामा छन् । मुलुकभित्र र बाहिरका दाताले तत्काल घटनास्थलमै गएर दिएको २ करोड २४ लाख रुपैँया सरकारी खातामा अलपत्र छ । आफ्नो नाममा दिएको रकमसमेत सरकारले कब्जा गरेको पीडितले बताउदै आएका छन् र्। सरकारले दिने त कुरै छाडौँ, आफ्नो नाममा आएको रकम पनि पाएनौ,’ सुकुमाया गुरुङले गुनासो गरिन्र्। वर्षामा बिजोग भयो।’ प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडिले आफूलाई पीडित हटाएको बारे जानकारी नभएको बताए। - कान्तिपुरबाट

dojar lagayeyo Sindhupalchok

विशेष