News

माअाेवादीकाे तर्फबाट ४ राज्यमन्त्रीको टुङ्गो लाग्यो

माअाेवादीकाे तर्फबाट ४ राज्यमन्त्रीको टुङ्गो लाग्यो

साउन - ३० । नेकपा (माओवादी केन्द्र)ले चार जना सांसदलाई राज्यमन्त्री बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले धनमाया विक शिक्षा, श्रीप्रसाद जगेबुलाई सङ्घीय मामिला तथा स्थानीय विकास, सत्यनारायण भगतलाई ऊर्जा र राधिका तामाङलाई कृषि विकास राज्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्रीको शपथ ग्रहण गराइने तयारी गरिएको छ । माओवादी केन्द्रले यसअघि पाँच मन्त्रीको नाम तय गरेको थियो । मन्त्रीको शपथ केही बेरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा हुनेछ । रासस

mantriko tungo lago moast

विशेष