News

अरिङ्गालले टोकेर २ को मृत्यु

अरिङ्गालले टोकेर २ को मृत्यु
aringalसाउन - ३० । जाजरकोटमा अरिङ्गालले टोक्दा भेरीमालिका–७ खातीगाँउका नरोज पुनका छोरा ५ वर्षका रिजन पुन र कलावति पुनकी छोरी ३ वर्षकी भावना पुनको ज्यान गएको छ । घर नजिकै बाँदरले मकै खाएर हैरान पारेपछि हेर्न गएको बेला अरिङ्गालले टोकेर घाइते भएका उनीहरुको उपचारको अभावमा ज्यान गएको हो । दिउँसो अरिङ्गालले टोकेको उनीहरुको राति ९ बजेतिर ज्यान गएको हो । ‘नजिकमा स्वास्थ्य संस्था नहुँदा उपचार गर्न सकिएन । घरेलु उपचार गर्यौं तर बचाउन सकिएन ।’ बालकका बाबु नरोजले भने । कलावतिकी ७ वर्षकी छोरी कविता पुन गम्भीर घाइते छिन् । घरमा कोही नभएका कारण कविताले भाइबहिनीलाई सँगै लिएर गएकी थिइन् । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएकाे छ ।

aringal le tokera mirtue Jajarkot

विशेष