विदेश

फिलिपिन्समा बाढीबाट मर्नेकाे सङ्ख्या ५ पुग्याे

फिलिपिन्समा बाढीबाट मर्नेकाे सङ्ख्या ५ पुग्याे
Badi साउन - ३० । फिलिपिन्समा केही दिनयता निरन्तररुपमा परेको वर्षापछि आएका बाढीका कारण पाँच व्यक्तिको मृत्यु भएको छ । बाढी प्रकोपको कारण दशौँ हजार व्यक्ति विस्थापित भएको उद्धारकर्ताले आइतबार सो जनाकारी दिएका छन् । नागरिक प्रतिरक्षा अधिकारीले मनिला र नजिकैको प्रान्तहरुमा आगामी दिनमा अझ भारी मौसमी वर्षा हुने चेतावनीसमेत दिएका छन् । उक्त प्रकोपका कारण सरकारी कार्यालय र विद्यालयमा २४ हजारभन्दा बढी व्यक्ति शरणार्थीको रुपमा बसिरहेका छन् । गहिराइमा परेको इलाकामा बाढीको बढी सम्भावना रहेको राष्ट्रिय प्रकोप नियन्त्रण तथा व्यवस्थापनका प्रवक्ता रोमिना मरासिगानले एएफपी सममाचार समितिलाई बताएकी छिन् । बाढीको कारण विस्थापित भएका व्यक्तिहरु र मनिलाका वासिन्दासमेत गरी करिब दशौँ हजार रहेको बताइएको छ । बाढीको कारण गत सोमबार नै एक माझी बेपत्ता भएका थिए । बाढीबाट करिब ७० हजार व्यक्तिको घर बगाएको प्रकोप नियन्त्रण तथा व्यवस्थापन केन्द्रले बताएको छ । रासस ÷एएफपी

philipince ma badi

विशेष