विदेश

न्युयोर्कमा दुईको गोली हानी हत्या

न्युयोर्कमा दुईको गोली हानी हत्या
crimeसाउन ३० । अमेरिकाको न्युयोर्कमा एक बंगलादेशी नागरिक र उनका सहायकको गोलि हानी हत्या गरिएको छ । ५५ वर्षका इमाम मौलामा दुई वर्ष अघि मात्रै बंगलादेशबाट न्युयोर्क गएका बिबिसीले जनाएको छ । उनीहरुलाई किन निशाना बनाइयो भन्ने बारे केही नखुलेको न्युयोर्क प्रहरीले जनाएको छ । ओजोन पार्कमा बन्दुकधारीले हत्या गरेका थिए । घटनामा संलग्न व्यक्ति भने पक्राउ नपरेको र खोजी कार्य तीव्र भइरहेको प्रहरीले जनाएको छ । इमाम मुस्लिम धर्मका भएकाले घटना भएको हुन सक्ने आशंका गरिएको छ । ओजोन पार्कमा बंगलादेशबाट गएका मुस्लिम नागरिको बसोबास धेरै छ । उनीहरुले घटनाको भत्सर्ना गरेका छन् ।

americamma hatya bangladesh

विशेष