अख्तियारकाे प्रवक्तामा गणेशराज कार्की
साउन - ३० । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रवक्ताको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि कृष्णहरि पुस्करलाई दिइएको जिम्मेवारी आइतबारदेखि गणेशराज कार्कीको लागि तोकिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘आजैका मिति देखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव गणेशराज कार्की र सहायक प्रवक्तामा उपसचिव खगेन्द्र प्रसाद रिजाललाई तोकिएको छ ।’
अब आधिकारिक रूपमा अख्तियारको कुनैपनि विषयको जानकारीको लागि प्रवक्ता र सहायक प्रवक्तासंग सम्पर्क गर्न अख्तियारले आग्रह पनि गरेको छ
akhtiyar ma karki